No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

सत्ता गठबन्धनले पाँच दलबाहिर चुनावी तालमेल नगर्ने

0

काठमाडौं । सत्ता गठबन्धनले पाँच दलबाहिर चुनावी तालमेल नगर्ने निर्णय गरेको छ । आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले विगतका सम्झौतालाई कार्यान्वन गरेर चुनावी तालमेल गर्ने निर्णय गरेको हो ।

बैठकले सोमबार मनोनयनअघिसम्म बाँडफाँटको अधिकतम प्रयास गर्ने पनि निर्णय गरेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रमुख स्वकीय सचिव रमेश मल्लक अनुसार बैठकले पाँच वटा निर्णय गरेको छ ।
बैठकले गरेका निर्णयहरू :

१.पाँच दल बाहिर तालमेल नगर्ने,
२.भोलि मनोनयन अघिसम्म बाँडफाड मिलाउन अधिक्तम कोसिस गर्ने,
३.भोलि बिहान ८ बजे अध्यक्षहरू बसेर बाँकी मिलाउने,
४. विगत समझदारीलाई सबै पक्षले इमान्दारी साथ पालना गर्ने ।

प्रकाशित: ११ बैशाख २०७९, आईतवार १५:३९

Leave a Reply