No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

एमालेबाट काठमाडौंको मेयरमा स्थापित र उपमेयरमा डंगोलको उम्मेदवारी दर्ता

0

काठमाडौं । नेकपा एमालेकातर्फबाट काठमाडौं महानगरपालिकाको मेयरमा केशव स्थापित र उपमेयरमा सुनिता डंगोलले मनोनयन दर्ता गराएका छन् ।

सोमबार काठमाडौंको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर स्थापित र डंगोलले मनोनयन दर्ता गराएका हुन् । मनोनयन दर्ताका लागि उनीहरु ठूलो संख्यामा नेता कार्यकर्ताका साथ राष्ट्रिय सभागृह पुगेका थिए ।

प्रदेश सांसदसमेत रहेका स्थापित २०५४ मा काठमाडौंको मेयरमा निर्वाचित भएका थिए । यस्तै उपमेयरकी उम्मेदवार डंगोल सन् २०११ की मिस नेवा हुन् । डंगोलले यसअघि स्वतन्त्र रूपमा मेयरमा उठ्ने घोषणा गर्दै प्रतिबद्धतापत्रसमेत सार्वजनिक गरेकी थिइन् ।

प्रकाशित: १२ बैशाख २०७९, सोमबार ०७:५०

Leave a Reply