No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

चीनमा भवन भत्किँदा २३ जना च्यापिए

0

चीनमा ठूलो व्यवसायीक भवन भत्किँदा दर्जनौँ मानिस भवन भित्रै च्यापिएका छन् । देशको हुनान प्रान्तमा पर्ने चाङशा सहरमा रहेको भवन भत्किएको र कम्तीमा २३ जना च्यापिएका अधिकारीहरूले जनाएका छन् ।

भत्किएको आठ तले भवनमा होटल, अर्पाटमेन्ट, सिनेमा हललगायत रहेका थिए । च्यापिएको ठाउँबाट मानिसहरूलाई निकाल्ने प्रयास भइरहेको चाङशा नगरका मेयर झेङ जियाङछीनले जानकारी दिए । “भत्किएको भवन भित्र च्यापिएका व्यक्तिहरूलाई निकाल्नका लागि उद्धारकर्मीहरूले अथक मेहनेत गर्नु भएको छ,” मेयर जियाङ्छीले भने ।

च्यापिएको ठाउँबाट पाँच जनालाई उद्धार गरिसकिएको र अहिलेसम्म मृत अवस्थाको कोही नभेटिएको पनि उनले जानकारी दिए । “अहिलेसम्म मृत्यु भएको कोही भेटिएको छैन, पाँच जनालाई जीवितै उद्धार गरिएको छ, आशा गरौँ अरु च्यापिएकोलाई पनि जीवितै उद्धार गर्न सकिने छ,” उनले भने ।

प्रकाशित: १७ बैशाख २०७९, शनिबार १६:४७

Leave a Reply