No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

लाओसमा दादुरा र रुबेलाबाट बालबालिकालाई जोगाउन खोप अभियान सुरु

0

लाओसको स्वास्थ्य मन्त्रालयले बालबालिकाको स्वास्थ्य रक्षाका लागि राष्ट्रव्यापी दादुरा र रुबेला खोप अभियान सुरु गरेको छ ।

लाओ स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्यका लागि सूचना र शिक्षा केन्द्रले लाओसमा मे २० देखि मे ३१ सम्म चल्ने यस अभियानको उद्देश्य बाल्यकालका दुई रोग फैलिनबाट जोगाउन रोक्ने मुख्य उद्देश्य रहेको जनाएको छ ।

पत्रकार सम्मेलनमा लाओसका स्वास्थ्य उपमन्त्री स्नोङ थोङ्स्नाले बालबालिकाका लागि लाओसको खोप प्रयासमा सबै सरोकारवालाहरूको ठूलो योगदानका लागि कृतज्ञता व्यक्त गरे ।

उनले यस अभियानबाट पाँच वर्षमुनिका पाँच लाखभन्दा बढी बालबालिकालाई सुरक्षा प्रदान गर्ने अपेक्षा गरिएको बताए ।

लाओसका सबै स्वास्थ्य केन्द्रमा लाओ स्वास्थ्य मन्त्रालयको प्रशासनअन्तर्गत दादुरा र रुबेला खोप निःशुल्क उपलब्ध गराइने उनले जानकारी दिए।

प्रकाशित: १४ बैशाख २०८१, शुक्रबार १२:४४

Leave a Reply