No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

इजिप्टमा सवारी दुर्घटनामा आठ बालबलिकाको मृत्यु

0

इजिप्टमा भएको एक सवारी दुर्घटनामा परी कम्तीमा ८ जना बालबालिकाको ज्यान गएको छ भने चार जना घाइते भएका छन् । इजिप्टको डेल्टा प्रान्तको नेहिजार सहरमा सडकमा सवार १२ जना बालबालिकालाई एक सवारीले ठक्कर दिएको थियो ।

त्यसपछि उनीहरु पानीको नहरमा खसेका थिए । नहरमा खसेर गम्भीर बनेका उनीहरुमध्ये आठ जना बालबालिकाको ज्यान गएको छ भने अरु चार जना घाइते भएका छन् ।

घाइतेहरुको उपचार जारी रहेको यहाँका प्रान्तीय प्रहरी प्रमुखले जानकारी दिएका छन् । उनका अनुसार सो सवारीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित: १८ बैशाख २०७९, आईतवार ०६:१६

Leave a Reply