No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

आईजीपीद्वय थापा र केसीको बिदाइ

0

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजीपी) को बिदाइ गरेको छ । सुरक्षा अंगमा ३० वर्षे सेवा अवधिका कारण आइतबार राति १२ बजेदेखि अनिवार्य अवकाश लिन लागेका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री र सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीलाई आइतबार बिदाइ गरिएको हो ।

बिदाइ समारोहमा गृहमन्त्री बालकृष्ण खाणले आमनागरिकको जीवनरक्षामा हरतरहले खटिने प्रहरीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै त्यस संगठनको सफल नेतृत्व गरेकोमा दुवै महानिरीक्षकलाई धन्यवाद तथा बधाई दिए ।

यस्तै मन्त्रालयले प्रहरीले १६ वर्षमा नै अवकाश लिन सक्ने र २० वर्षमा निवृत्तिभरण पाउने व्यवस्था गर्न लागिएको जानकारी दिँदै उनले प्रहरीको ३० वर्षे सेवा अवधिका विषयमा समेत छलफल भइरहेको बताए ।

प्रकाशित: १८ बैशाख २०७९, आईतवार १४:३२

Leave a Reply