No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

राहुल गान्धी काठमाडौंमा

0

काठमाडौँ । भारतीय राष्ट्रिय कंग्रेस पार्टीका नेता राहुल गान्धी काठमाडौं आएका छन् । गान्धी सोमबार अपरान्ह काठमाडौं आएका हुन् । उनी पूर्व राजदूत भीम उदासकी छोरी सुम्निमा उदासको वैवाहिक समारोहमा बिहीबार सरिक हुने कार्यक्रम रहेको बताइएको छ ।

गान्धीले ५ दिन नेपालमा बिताउने छन् । नेपाल भ्रमणका क्रममा गान्धी रारा वा मुस्ताङ भ्रमणमा जाने बताइएको छ । उनी होटल मेरियटमा बसेका छन् ।

प्रकाशित: १९ बैशाख २०७९, सोमबार १५:०३

Leave a Reply