No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

संसदवाद र संसदीय निर्वाचनको प्रयोग

0

ऋषि कट्टेल ।

नेपाल लगायत संसारभरका कम्युनिष्ट पार्टीहरुमा संसदवाद संसदीय व्यवस्था र यसको निर्वाचनको प्रयोग संम्वन्धमा निकै वहस, विवाद र संघर्षहरु चल्दै आएको छ । यो विवाद आज देखिको हैन । माक्र्सवादको विकास संगै यो वहस र विवादको विषय बनि आएको छ । प्रुदो,वर्नस्टिन,काउत्सकी हुदै ख्रुस्चोभ सम्म आइपुगेपछि संसदवाद प्रभावी वन्यो र त्यसपछि यसले आजसम्म संसारभर प्रभाव जमाइरहेको छ । साथै विश्व कम्युनिष्ट आन्दोलनमा पनि यस सम्वन्धि वहस र विवादले निरन्तरता पाई रहेको छ । क.लेनिनले डुमा अर्थात् रुसी संसदको प्रयोग र त्यसको व्याख्यापछि कम्युनिष्टहरुले यसलाई कार्यनीतिक प्रश्नको रुपमा लिए । क.लेनिनको निधन भएको पनि झण्डै एक सताव्दी पुग्दैछ । यो अवधिमा विश्वले भौतिक उन्नतिमा अभुतपूर्व फड्को मारेकोछ र यसले मानव चेतनामा निकै वदलाव ल्याएको छ ।

यतिमात्र हैन डुमामा सहभागिताको प्रश्न सम्वन्धि वहसपछि महान समाजवादी अक्टोवर क्रान्ति,उपनिवेशवाद विरुद्धको संघर्ष ,दोस्रो विश्व युद्ध, चीन लगायत धेरै देशमा भएका जनवादी क्रान्तिहरु सम्पन्न भए । तिनले पनि विश्व व्यवस्थामा ठूलाठूला उथलपुथलकारी घटना घटाए । साम्यवाद र पूजीवादबीच भिषण वैचारिक एवं हतियारवन्द संघर्षहरु भए । संसार दुई ध्रुवमा विभाजित हुन लागिरहेको र पूँजीवाद परास्त उन्मुख भैरहेको वेला प्रभावी वनेको ख्रुस्चोभी संशोधनवाद अर्थात संसदवादले साम्यवादको आक्रामक अवस्थालाई रोकेन मात्र सोभियत समाजवाद पतन भयो र सोभियत मोडेलका समाजवादको नेै पतन भयो र पूँजीवादको प्रभाव विस्तार भयो।

नेपालको कम्युनिष्ट आन्दोलनको इतिहास पनि संसदीय आन्दोलनको सेरोफेरोबाटै घुमिरहेको छ । राणाशाही विरोधी संघर्ष होस् वा राजाको निरंकुसतन्त्र विरुद्धको संघर्षहोस ती सवै संघर्षहरुको वैठान संसदवादको सेरोफेरोमै भएको छ । पछिल्लो समय माओवादी पार्टीले चलाएको सशस्त्र युद्ध समेत संसदवादमै पतन भयो । यी सवै आन्दोलनहरुको समिक्षा गर्दा र आजको संसदको चरित्र हेर्दा संसदमा सहभागिता वा उपयोग को प्रश्न केवल कार्यनीतिक प्रश्नको रुपमामात्र क्रान्तिकारी कम्युनिष्टहरुले हेर्न हुँदैन ।

संसदवाद पूँजीवादको रक्षा गर्ने प्रमुख औजारको रुपमा विकास भएको छ । पूँजीवादलाई ध्वंस नगरी वैज्ञानिक समाजवाद प्राप्त हुँदैन । संसदमा सहभागी भएर यसलाई ध्वंस गर्ने संघर्ष र त्यसलाई नेतृत्वगर्ने क्रान्तिकारी पार्टी पनि निर्माण हुँदैन । तसर्थ संसदवादी निर्वाचन र त्यसमा सहभागिताको प्रश्न रणनीतिक सवालसँग जोडिएको कुरा स्वतः प्रष्ट भएकोे छ । तसर्थ नेपाल लगायत विश्वभरका कम्युनिष्टहरुले लेनीनले व्यख्या गरेको डुमामा सहभागिता सबन्धि भाष्यलाई अव समृद्ध गर्नुपर्दछ ।

प्रकाशित: २७ बैशाख २०७९, मंगलवार ०७:१७

Leave a Reply