No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

प्यूठान नगरपालिका-१ मा गठबन्धनको प्यानल विजयी

0

प्यूठान । प्यूठान नगरपालिका वडा नम्बर १ मा गठबन्धनका सबै उम्मेदवारले जित हासिल गरेका छन् । गठबन्धनको तर्फबाट वडा अध्यक्षका उम्मेदवार कांग्रेसकी साधना राउत सहितको प्यानल विजयी भएको हो ।

शुक्रबार सम्पन्न स्थानीय निर्वाचनको शनिबार सकिएको मतगणनाअनुसार ९५३ मत ल्याएर राउत वडाअध्यक्षमा निर्वाचित हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका गोविन्द बस्नेत (गोपाल)ले ७ सय ११ मत पाए ।

महिला सदस्य, दलित महिला सदस्य तथा खुला सदस्यमा समेत गठबन्धनका उम्मेदवार विजयी भए । प्राप्त विवरण अनुसार नगरपालिका मेयर र उपमेयरमा समेत गठबन्धनको अग्रता छ । यो नगरपालिकामा माओवादी केन्द्र र नेपाली कांग्रेसको चुनावी तालमेल छ ।

प्रकाशित: ३१ बैशाख २०७९, शनिबार ०७:५५

Leave a Reply