No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल दोब्बर मतले अगाडि

0

धनगढी । शनिबारदेखि सुरु भएको कैलालीको धनगढी उपमहानगरपालिकामा मतगणना जारी छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार अहिलेसम्म ४२ हजार २३० मतगणना भएको छ । शुक्रबार बिहान ७ बजे सार्वजनिक गरिएको विवरणअनुसार मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमालले १९ हजार १४७ मत पाएका छन् ।

यस्तै गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार नृपबहादुर वडले ९ हजार ५५७ र नेकपा एमालेका रणबहादुर चन्दले ४ हजार ६६४ मत पाएका छन् । हमाल र वडबीच ९ हजार ५९० मतको अन्तर छ ।

यस्तै उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले ८ हजार ८१५ मतका साथ लिड गरिरहेकी छिन्। एमालेकी कन्दकला रानाले ८ हजार १४१ र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ५ हजार ३६ मत पाएका छन्। अहिलेसम्म वडा नम्बर १, २, ३, ४, १५, १६, १७, १८ र १९ को मतगणना सम्पन्न भएको छ । गत शुक्रबार भएको स्थानीय तह निर्वाचनमा धनगढीमा रहेका ९३ हजार १५१ मतदातामध्ये ६३ हजार ७१५ जनाले मतदान गरेका थिए। अब २१ हजार ४८५ मत गणना गर्न बाँकी छ।

प्रकाशित: ६ जेष्ठ २०७९, शुक्रबार ०२:३८

Leave a Reply