No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

अमेरिकी उपविदेशमन्त्री जिया काठमाडौंमा

0

काठमाडौं । अमेरिकी उपविदेशमन्त्री एवं नागरिक, लोकतन्त्र र तिब्बत मामिला संयोजक उज्रा जिया काठमाडौं आइपुगेकी छन् । शुक्रबार अपरान्ह उपविदेशमन्त्री जिया काठमाडौं आइपुगेकी हुन् । नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीले उपविदेशमन्त्री जियालाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

भारतको हिमाञ्चल प्रदेशस्थित धर्मशालामा धार्मिक नेता दलाई लामालाई भेटेर उनी काठमाडौं आइपुगेकी हुन् । जिया नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार हेर्ने अमेरिकी उपमन्त्री हुन्। नेपाल बसाईका क्रममा उनले प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँण, परराष्ट्रमन्त्री नारायण खड्कासँग भेट गर्ने कार्यक्रम रहेको छ।

प्रकाशित: ६ जेष्ठ २०७९, शुक्रबार १४:४८

Leave a Reply