No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

महालक्ष्मीमा प्रमुखमा एमाले र उपप्रमुखमा कांग्रेस निर्वाचित

0

लतिलपुर । ललितपुरको महालक्ष्मी नगरपालिकाको प्रमुखमा नेकपा एमालेका उम्मेदवार हरिगोविन्द श्रेष्ठ र उपप्रमुखमा नेपाली कांग्रेसकी उम्मेदवार लक्ष्मी महर्जन विजयी भएका छन् ।

प्रमुखमा विजयी श्रेष्ठले श्रेठले नौ हजार ३५० मत ल्याए भने उनका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का शिवप्रसाद कट्टेलले पाँच हजार ६५८ मत पाएका छन् । उपप्रमुखमा विजयी महर्जनले नौ हजार ५९१ मत र निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी वीणा सुवेदीले आठ हजार ६८३ मत पाएका छन् ।

नगरपालिकाका १० वडाका मध्ये एमालेका उम्मेदवार छ वडामा र कांग्रेसले तीन र माओवादीले एक वडामा अध्यक्ष जितेको छ । एमालेबाट वडा नम्बर १ मा छिरिङ लामा, वडा नम्बर २ मा ध्रुव खत्री, वडा नम्बर ३ कुवेर केसी, वडा नम्बर ४ मा अमृत खत्री, वडा नम्बर ८ मा विश्वराज श्रेष्ठ र वडा नम्बर १० मा विजय लामा विजयी भएका छन् । कांग्रेसबाट वडा नम्बर ५ मा कपिल केसी, वडा ७ मा बाबुराजा महर्जन, वडा ९ मा जयकृष्ण बोगटी वडाध्यक्ष विजयी भएका छन् । माओवादीबाट वडा नम्बर ६ मा धर्म महर्जन विजयी भएका छन् ।

प्रकाशित: ७ जेष्ठ २०७९, शनिबार ०६:२८

Leave a Reply