No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

काठमाडौं ८ मा कांग्रेसका आसामान संगत विजयी

0

काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नम्बर ८ मा नेपाली कांग्रेसका आसामान सङ्गत अध्यक्षमा विजय भएका छन् । सङ्गतले नेकपा एमालेका उमेशकुमार कुइँकेललाई ८१९ मतले पछि पार्दै वडाध्यक्षमा विजय भएका हुन् । उनको प्यानलनै निर्वाचित भएको हो । सङ्गतले एक हजार ५५७ मत प्राप्त गर्दा कुइँकेलले ७३८ मत प्राप्त गरेका छन् ।

त्यसैगरी सदस्यमा शेखर देउला र सलोनी वडारी विजयी भएका छन् । महिला सदस्यतर्फ सरस्वती राजवंशी र दलित महिला सदस्यमा राजलक्ष्मी भुसाल विजयी भएका छन् । हाल कामपा वडा नम्बर १, २, ३, ४ ५, ६, ८, २८, २९, ३० र ३२ को मतपरिणाम सार्वजनिक भइसकेको छ । त्यसैगरी वडा नम्बर ७, ९, १०, २४, २५, २६, २७ र ३१ को मत गणना कार्य जारी छ । कामपामा कूल मतदाता तीन लाख २४२ रहेकोमा जम्मा ६३ दशमलव ४९ प्रतिशतले मतदान गरेका आयोगले जनाएको छ ।

प्रकाशित: ७ जेष्ठ २०७९, शनिबार ०६:३२

Leave a Reply