No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

अन्तरघातले चुनाव हारियोः अध्यक्ष ओली

0

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा पार्टी हारको मुख्य कारण अन्तरघात भएको बताएका छन् । बुधबार बानेश्वरस्थित संसद भवनमा बसेको पार्टी संसदीय दलको बैठकमा अध्यक्ष ओलीले अन्य दलका कारण नभई एमालेकै कारण निर्वाचनमा पराजित हुनुपरेको बताएका हुन् ।

सांसद नवीना लामाक अनुसार बैकमा अध्यक्ष ओलीले चार महानगरमा उपमेयर जित्दा मेयरमा पराजित हुनुको कारण अन्तरघात भएको बताए । उनले यसपटक एमालेमा खतरनाक ढंगको अन्तरघात देखिएको भन्दै यसको विस्तृत समीक्षा गरिने बताए ।

उनले कांग्रेस, माओवादी र एकीकृत समाजवादीभन्दा एमालेमा अन्तरघात बढी भएको बताए । उनले भने, ‘यसपल्ट धेरै ठाउँमा अन्तरघात भयो। माओवादी र समाजवादीमा भएन। कांग्रेसमा कम भयो। हाम्राले कताबाट सिके, समीक्षा हुन्छ ।’

 

प्रकाशित: ११ जेष्ठ २०७९, बुधबार ११:४१

Leave a Reply