No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

नेपालको कूटनीति कहिलेदेखि सैनिकिकरण भयो, एमसीसी सम्झौता पछि ?

0

काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणमा जान लागेको भन्दै आपत्ति जनाएका छन् । शनिबार सामाजिक संजालमार्फत रावलले अमेरिका भ्रमणका क्रमा प्रधानमन्त्री देउवाले अमेरिकी रक्षा उपसहायक मन्त्रीसँग कुरा गर्न लागेको भन्दै आपत्ति जनाएका हुन् ।

उनले भनेका छन् ‘देश निर्वाचनमा रहेको बेला प्रधानमन्त्री देउवा सरकार संविधानद्वारा निर्देशित असंलग्न स्वतन्त्र परराष्ट्र नीति भत्काउन तल्लीन छ । प्रधानमन्त्री देउवा अमेरिका जाने रे, त्यसको लागि राजदूत खत्रीले अमेरिकी रक्षा उपसहायक मन्त्रीसँग कुरा गरे रे ! नेपालको कूटनीति कहिलेदेखि सैनिकिकरण भयो ? एमसीसी सम्झौता पछि ?’

 

प्रकाशित: १४ जेष्ठ २०७९, शनिबार ०५:३७

Leave a Reply