No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

माधव नेपाललाई प्रधानमन्त्री बन्ने अफर !

0

सुर्खेत । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूलाई प्रधानमन्त्री बन्ने अफर आएको दाबी गरेका छन् । सुर्खेतमा बिहीबार आयोजित कार्यकर्ता प्रशिक्षणमा नेपालले प्रधानमन्त्री बन्ने अफर आएपनि षड्यन्त्रकारीको त्यस्तो लोभमा आफू नफस्ने स्पष्ट पारेका हुन्।

उनले प्रधानमन्त्री बन्ने अफर कसले गर्यो भन्ने चाँहि खुलाएनन् । वर्तमान सत्ता गठबन्धन टुटाउने उद्देश्यले षड्यन्त्रकारीहरुले प्रधानमन्त्रीको कार्ड फाल्न थालेको अध्यक्ष नेपाललको भनाई थियो ।

नेपालले भने, ‘नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई मात्र होइन मलाई पनि प्रधानमन्त्रीको फर आइरहेको छ । तर म त्यस्तो लोभमा पर्दिनँ ।’ नेपालले प्रतिनिधि र प्रदेश सभाको आगामी निर्वाचनमा वामगठबन्धन हुने हल्ला चलाइएपनि त्यो तत्काल सम्भव नरहेको समेत स्पष्ट पारे । उनले अहिलेको सत्ता गठबन्धन आगामी निर्वाचनसम्म कायम रहने धारणा राखे।

प्रकाशित: १९ जेष्ठ २०७९, बिहीबार ०७:२३

Leave a Reply