No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

विदेशी लगानी भित्राउन सरकारका क्रियाकलाप बाधकः ज्ञवाली

0

काठमाडौं । नेकपा एमाले का सांसद प्रदीपकुमार ज्ञवालीले आयात घटाएर राजस्वमा वृद्धि गर्न नसकिने बताएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको छलफलमा भाग लिदै ज्ञवालीले सरकारले आगामी आर्थिक वर्षमा आयात घटाएर राजस्व बढाउन नसक्ने बताए । राजस्वको ठूलो हिस्सा आयातमा निर्भर भएको हुनाले आयात घटाएर राजस्व बढाउन नसकिने उनले बताए ।

उनले सेनिटरी प्याड र विद्युतीय सवारी साधनको आयातमा ठूला व्यापारिक घरानालाई फाइदा हुनेगरी व्यवस्था गरेको उल्लेख गरे । ज्ञवालीले शिक्षामा अर्बौ रुपैयाँ देश बाहिर गएको भन्दै त्यसलाई रोक्ने कुनै पनि कार्यक्रम बजेटले ल्याउन नसकेको बताए ।

उनले भने, ‘एकातिर आयात घटाउँछु भन्नुहुन्छ, अर्कोतिर राजस्व बढाउँछु भन्नुहुन्छ । जबकी हाम्रो राजस्वको अत्याधिक ठूलो हिस्सा आयातमाथि निर्भर छ । कयौँ चिजहरु यस्तो छ जहाँ निश्चित व्यापारिक घरानालाई फाइदा हुनेगरी ल्याएको देखिन्छ ।’

ज्ञवालीले सरकारको क्रियाकलापले विदेशी लगानी भित्राउन नसकिने बताए । उनले बिगतमा एमसीसीलाई गिजोलेजस्तै गरी अहिले बुढीगण्डकीलाई गिजोलिएको बताए ।

उनले भने, ‘विदेशी लगानी बढाउँछु भन्दै हुनुहुन्छ । तर तपाईहरुको क्रियाकलापले विदेशी लगानीकर्तालाई त लगातार हतोत्साही गराइरहेको छ । हिजो गिजोल्नुसम्म गिजोलियो एमसीसी । कुरो त जहाँको त्यही छ तर एमसीसी पास गर्नुभो । आज फेरि त्यसैगरी बुढीगण्डकी गिजोल्दै हुनुहुन्छ । यसले लगानीकर्तालाई बाह्य जगतलाई विश्वासको सन्देश दिदैनँ । विश्वास भएन भने लगानी गर्दैन ।’

प्रकाशित: १९ जेष्ठ २०७९, बिहीबार १०:४५

Leave a Reply