No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

पाँच महिनामा दुई लाख पर्यटक भित्रिए

0

काठमाडौं । सन् २०२२ को पाँच महिनामा झण्डै दुई लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागलाई उदृत गर्दै नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार पाँच महिनामा एक लाख ९० हजार ७३९ जना पर्यटक नेपाल आएका हुन् । पछिल्लो मे महिनामा ५३ हजार ६०८ विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।

अघिल्लो अप्रिल महिनामा ५८ हजार ३८४ पर्यटकले नेपाल भ्रमण गरेका थिए । बोर्डका निर्देशक मणिराज लामिछानेले सन् २०१९ को तुलनामा पर्यटक आगमन करिब ७५ प्रतिशतले ‘रिकोभर’ भएको बताए । उनले पर्यटक बढोत्तरीमा बङ्गलादेश र युरोपको भूमिका सकारात्मक देखिएको उल्लेख गरे ।

प्रकाशित: १९ जेष्ठ २०७९, बिहीबार १५:५५

Leave a Reply