No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

पाचौँ दिन पनि शेयर बजार ओरालो

0

काठमाडौं । लगातार पाचौँ दिन शुक्रबार पनि शेयर बजार ओरालो लागेको छ । शेयर बजार परिसूचक नेप्से शुक्रबार ३३ दशमलव ७६ अङ्कले घटेर दुई हजार ७८ दशमलव ७६ विन्दुमा झरेको छ । आज सबै समूहको शेयर ओरालो लागेकोमा बीमा समूहको शेयर उच्च अङ्कले घटेको छ । दुई सय २६ वटा कम्पनीको ३८ लाख ४८ हजार कित्ता शेयर एक अर्ब ३० करोड ७३ लाख रुपैयाँमा कारोबार भएको छ ।

सबैभन्दा धेरै एनआईसी एसिया बैंकको ६ करोड २३ लाख रुपैयाँको शेयर किनबेच भयो । आज सबैभन्दा धेरै किसान लघुवित्त वित्तीय संस्थाको शेयर झन्डै नौ प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि उपकार लघुवित्त वित्तीय संस्था र बलेफी हाइड्रोको शेयर १० प्रतिशतले बढेको छ ।

प्रकाशित: २० जेष्ठ २०७९, शुक्रबार ०९:३८

Leave a Reply