No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

कम्तीमा पनि यो सरकार यो हदसम्म पुग्छ भन्ने कसैले पनि अनुमान गरेको थिएनः एमाले

0

काठमाडौं । नेकपा एमालेले सरकारले नेपाललाई भूराजनीतिक द्वन्द्वमा धकेल्न खोजेको भन्दै आपत्ति जनाएको छ । बुधबार प्रतिनिधिसभाको बैठकमा नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सरकारले नेपाललाई भूराजनीतिक द्वन्द्वमा धकेल्न खोजेको भन्दै आपत्ति जनाएका हुन् ।

उनले प्रस्तावित अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता सरकारले अगाडि बढाउन खोजेको भन्दै विरोध गरे । ज्ञवालीले सरकारले श्रृखलाबद्ध रुपमा परराष्ट्र नीतिमा गम्भीर विचलन ल्याउन खोजेको बताए। उनले भने,‘एसपीपी सम्झौता नेपालको संविधानको बिल्कुल बर्खिलापमा छ। नेपालले अबलम्बन गर्दै आएको परराष्ट्र नीतिको बर्खिलाप छ । हाम्रो सबै देशसँग मित्रता छ।’

उनले एसपीपी सम्झौताले मुलुकलाई भूराजनीतिक द्वन्द्वमा धकेल्ने भएकाले कुनै पनि हालतमा स्वीकार्न नसकिने बताए। उनले सरकार परिवर्तन हुनसाथ एसपीपी अगाडि बढाइएको र दलहरुबीच छलफल नगरिएको भन्दै आपत्ति जनाए।

उनले भने,‘सभामुख महोदय, मैले परराष्ट्र सम्बन्धका विषयमा यसअघि नै प्रश्न उठाएको थिएँ । त्यसयता सरकारको परराष्ट्र सम्बन्धलाई लिएर सदनमा लगातार प्रश्न उठिरहेका छन् । हिजो अमेरिकासँग स्टेट पार्टरसिप प्रोग्रामका विषयमा केही ड्राफ्ट सार्वजनिक भएको छ । कम्तीमा पनि यो सरकार यो हदसम्म पुग्छ भन्ने कसैले पनि अनुमान गरेको थिएन ।’

उनले नेपाली सेनाको विश्वभर छुट्टै इज्जत रहेको भन्दै अहिले आएको ड्राफ्टले त्यो इज्जतमाथि धावा बोलेको बताए । उनले भने,‘संयुक्त राष्ट्रसंघको विश्व शान्ति मिसनमा निलो क्याप लगाएर खट्ने सेनालाई कुनै देशको स्टेटलेभलको नेसनल गार्डको सेक्युरिटी गरिदिनुपर्ने अनि हाइ अल्टिच्युडमा छिमेकी देशको नाकैमा गएर सैन्य अभ्यास गर्ने ? कसैले छिमेकी देशको सिमानामा एयरपोर्ट बनाएर लडाकु विमान उडाउँछु भन्यो भने दिन सकिन्छ ?‘

 

प्रकाशित: १ असार २०७९, बुधबार ०६:५६

Leave a Reply