No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

एसपीपीबारे कुनै प्रस्ताव नआएको सरकारको जिकिर

0

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्माले स्टेट पार्टनरशिप प्रोग्राम(एसपीपी)बारे कुनै किसिमको प्रस्ताव नै नआएको दाबी गरेका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा आफ्नो मन्त्रालयअन्तर्गत सांसदहरुले उठाएका प्रश्नको उत्तर दिने क्रममा कानुुनमन्त्री शर्माले सरकारले यसलाई अघि बढाउन नखोजेको बताएका हुन् ।

उनले भने, ’स्टेट पार्टनरसीप प्रोग्राम कहीँ कतै छैन। सरकारले यसलाई अघि बढाउन खोजेको छैन । यो सरासर झुटा हो।’ उनले अमेरिकी सेना नेपालको इजाजतबिना आउनै नसक्ने भन्दै अमेरिकी सेना नेपाल आउने कुरा कल्पना पनि गर्न नसकिने बताए ।

उनले एसपीपीबारे नेपाल सरकारले कसैलाई प्रस्ताव नगरेको बताए । उनले यो सरकारलाई बदनाम गराउने खेल मात्रै भएको बताए । उनले भने, ’एसपीपी प्रोग्राम कहीँ कतै छैन। हामीलाई वनको बाघले होइन, मनको बाघले नखाओस्।’

प्रकाशित: १ असार २०७९, बुधबार ०७:५१

Leave a Reply