No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

लुम्बिनीकी स्वास्थ्य राज्यमन्त्री वलीमाथि छानबिन गर्न समिति गठन

0

बुटवल । लुम्बिनी प्रदेश सरकारले स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीमाथि छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ । बुधबार लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो ।

यस्तै समितिको सदस्यमा महिला, बालबालिका तथा कानून मन्त्री रमा घर्तीमगर र मुख्य न्यायाधिवक्ता श्रीकृष्ण सुवेदी छन् । मंगलबार वलीले एकराज बस्नेतको घरमा पुगेर उनकी श्रीमती र छोरीलाई हातपात गरेकी थिइन् । एकराजकी पत्नी मिना भण्डारीले वलीविरुद्ध अभद्र व्यवहारको आरोपमा उजुरी दिएकी छन् ।

प्रकाशित: १ असार २०७९, बुधबार १०:५२

Leave a Reply