No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

हामी महासंग्राम जितेर यहाँ आइपुग्यौंः अध्यक्ष ओली

0

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले स्थानीय तह निर्वाचनमा राज्यशक्तिको चरम दुरुपयोग गरेको आरोप लगाएका छन् ।

बिहीबार पार्टीका स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिका लागि आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सत्ता गठबन्धनले पैसाको व्यापक दुरुपयोग गर्दा पनि एमालेले चुनाव जितेको बताएका हुन् । उनले एमालेले निर्वाचन मात्र नलडी एउटा अधिनायकवादका विरुद्ध लडनुपरेको बताए ।

उनले भने, ‘संसद कब्जा गर्ने अपराधिक क्रियाकलाप, राज्य शक्तिको दुरुपयोग गरेर, पैसाको व्यापक वितरण गरेर पैसाको दुरुपयोग भयो हामीले लडेको चुनावमा । हामी चुनाव मात्रै लडेनौं एउटा अधिनायकवादका विरुद्ध लडनुपर्यो । हाम्रो अस्तित्व मेटाउन खोजिएको थियो। तर आज पनि देशको प्रमुख राजनीतिक शक्ति हौँ । गठबन्धनका नाममा बनेको तानाशाहविरुद्ध हामीले बलियो प्रतिरोध गर्यौँ।’ उनले एमालेका विरुद्ध सबै प्रतिक्रियावादी मिलेको आरोप लगाए । उनले एमालेका जनप्रतिनिधिले महासंग्राम जितेर आएको भन्दै बधाई दिए ।

उनले आफूहरुको अस्तित्व मेटाउन खोजिए पनि तानाशाहीहरुविरुद्ध एमालेले बलियोसँग डटेर उभिन सकेको बताए । उनले लोकतान्त्रिक अभ्यासको क्रममा चरम तानाशाही देखिएको बताए । उनले भने,’लोकतान्त्रिक अभ्यासका क्रममा देखिएको चरम तानाशाही भ्रष्ट र नैतिकताको सीमा पार गरेको छ । विश्वमा कहीँ नसुनिएको बाहिरका अधिकारी राखेर बनाइन्छ।’ ओलीले पार्टीका नवनिर्वाचित जनप्रतिनिधिलाई पाँच वर्षभित्र देखिने गरी पालिकाको विकास गर्न आग्रह गरे ।

अध्यक्ष ओलीले विकासका कामहरुमा उद्देश्य र योजनासहित प्रस्तुत हुन आग्रह गरे उनले जनप्रतिनिधिलाई विकासको अभियन्ता बन्न आग्रह गरे । उनले भने, ‘कार्यकाल पूरा गर्दा तपाईंहरुको नाम हाई हाई होस् । तपाईहरुले आलोचना सुन्न नपरोस् । जनप्रतिनिधिको नमूनाको रुपमा प्रस्तुत गर्न सक्नुहोस् । विकासका कामहरु भिजन र योजनासहित प्रस्तुत हुनुस् ।’

प्रकाशित: २ असार २०७९, बिहीबार ०८:०३

Leave a Reply