No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

नेपाल एसपीपीमा सहभागी हुँदैनः गृहमन्त्री

0

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नेपालले हालसम्म अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा सहभागी हुने निर्णय नगरेको बताएका छन् ।

बिहीबारको प्रतिनिधिसभामा बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र रक्षा मन्त्रालयको शीर्षकमा विनियोजित बजेटबारे उठेका प्रश्नको प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट जवाफ दिँदै गृहमन्त्री खाँणले एसपीपीमा सहभागी हुने कुनै सोच नभएको समेत बताएका हुन् । उनले नेपालको भूमि कुनै पनि मित्रराष्ट्रविरुद्ध प्रयोग हुन नदिने बताए ।

उनले भने, ‘नेपाल सरकारले हालसम्म एसपीपी सहभागी हुने कुनै निर्णय गरेको छैन। कुनै आवद्धता छैन । यस सम्बन्धमा निर्णय गर्ने सोच पनि राखेको छैन।’ उनले नेपालको असंलग्न परराष्ट्रनीतिमा सरकार अडिग रहेको बताए । प्राकृतिक विपदको समयमा भने मानवीय सेवाको बेलामा नेपालमा चाहेमा सहयोग लिन सक्ने बताए ।

२०७२ को भूकम्पको बेलामा पनि नेपालको सहमति ३४ वटा मुलुको सेना आएर उद्धारमा काम गरेको भन्दै उनले भने, ‘स्टेट पार्टनरसीप प्रोग्राममा अहिलेसम्म नेपाल संग्लन छैन । भोलि पनि हुँदैन, हुँदैन ।’

नेपाल शान्ति सेनाको दोस्रो स्थानमा रहेकाले त्यसरी खटिने क्रममा सिप आदानप्रदान गर्नु स्वाभाविक भएको उनले बताए । तर अमेरिकाले भने नेपालको अनुरोधमा एसपीपी स्वीकृत गरिसकेको बताउँदै आएको छ ।

प्रकाशित: २ असार २०७९, बिहीबार ०९:४३

Leave a Reply