No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

नेपाल कुनै प्रकारको सामरिक सैन्य रणनीतिमा जान सक्दैन : परराष्ट्रमन्त्री

0

काठमाडौं । परराष्ट्रमन्त्री डा नारायण खड्काले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) को विवाद सकिएको बताएका छन् । शुक्रबार संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिको बैठकमा परराष्ट्रमन्त्री खड्काले प्रधानमन्त्री तहबाटै यस्तो सम्झौता हुँदैन भनिसकेपछि यसको विवाद सकिएको बताएका हुन्।

उनले भने, ’च्याप्टर इन्ड भइसकेको विषय हो। प्रधानमन्त्री तहबाट पनि हुँदैन भनिसकेपछि फेरि के हो कस्तो हो भन्ने कुरा हुने छैन।’ नेपाल भूराजनीतिमा अति संवेदनशील भएको र संयुक्त राष्ट्र संघको सदस्य पनि भएकाले यस्ता कुनै पनि प्रकारको सामरिक सैन्य रणनीतिमा जान नसकिने उनले बताए ।

प्रकाशित: ३ असार २०७९, शुक्रबार ०४:५५

Leave a Reply