No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

एसपीपी कार्यक्रम सेनालाई अमान्यः प्रधानसेनापति शर्मा

0

काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्माले एसपीपी कार्यक्रम सेनालाई अमान्य भएको बताएका छन् । शुक्रबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा प्रधानसेनापति शर्माले एसपीपी आफूहरुलाई मान्य नहुने बताएका हुन् ।

उनले यसबारे विभिन्न खबर सार्वजनिक भएपछि क्रिया प्रतिक्रिया आउनु स्वभाविक भएपनि अब यसलाई विराम लगाउनुपर्ने बताए । उनले भने, ‘एसपीपी हाम्रो लागि मान्य छैन । बाहिर डकुमेन्ट सार्वजनिक भएपछि क्रिया र प्रतिक्रिया आउनु स्वाभाविक भएपनि अब त्यसमा बिराम लगाउनुपर्छ ।’

उनले मानवीय सहयोगका लागि कुरा आएकोले पत्राचार भएको तर सैन्य गठबन्धनमा जाने भएपछि त्यसमा जान नहुने बताए । एसिया प्यासिफिक क्षेत्र हेर्ने अमेरिकी सैनिक जर्नेल फ्लिनलाई पनि सैन्य गठबन्धनमा नजोडिने आफूले बताएको प्रधानसेनापति शर्माले जानकारी दिए । बैठकमा प्रधानसेनापति शर्माले आफ्नो अमेरिका भ्रमणमा कुनै सम्झौता गर्ने कार्यक्रम नरहेको बताए ।

 

प्रकाशित: ३ असार २०७९, शुक्रबार ०५:०१

Leave a Reply