No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

काठमाडौंमा भेटिए हैजाका २ बिरामी

0

काठमाडौं । काठमाडौंमा हैजाका दुई जना बिरामी भेटिएका छन् । असार २ गते शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भर्ना भएका दुई जनामा हैजा पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार १८ र २३ वर्षीय उनीहरू एकै परिवारका हुन् ।

उनीहरूको उपचार जारी रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले हैजासम्बन्धी कुनै पनि लक्षण देखिएमा तुरुन्तै स्वास्थ्य संस्थामा सम्पर्क राख्न अनुरोध गरेको छ । साथै गर्मी र वर्षायाममा झाडापखाला, हैजा र पानीजन्य रोग फैलने हुनाले सजग र सतर्क रहन पनि मन्त्रालयले आग्रह गरेको छ ।

प्रकाशित: ५ असार २०७९, आईतवार १४:४२

Leave a Reply