No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

फ्रान्सेली राष्ट्रपति माक्रोँले संसदमा बहुमत गुमाउने निश्चित

0

राष्ट्रपतिमा पुनः निर्वाचित भएको दुई महिनाभन्दा कम समयमै प्रतिस्पर्धी दलहरूले बलियो प्रदर्शन गरेपछि फ्रान्सेली राष्ट्रपति एमानुएल माक्रोँ त्यहाँको संसद्को तल्लो सदनमा नियन्त्रण गुमाउने अवस्थामा पुगेका छन् ।

उनले बलियो बहुमतका लागि मतदातालाई आह्वान गरेका थिए । तर माक्रोँको मध्यमार्गी गठबन्धनले चुनावमा दर्जनौँ सिट गुमाएको छ । त्यसले गर्दा फ्रान्सेली राजनीति ध्रुवीकृत हुन पुगेको छ। अब उनले सुधारका कुराहरू पारित गर्न सङ्घर्ष गर्नुपर्नेछ ।

वामपन्थी, अति वामपन्थी र ग्रीन पार्टीहरूको नवगठित गठबन्धन दोस्रो र मारिन ल पेनको अति दक्षिणपन्थी पार्टी तेस्रो बन्ने देखिएका छन् । राष्ट्रपति माक्रोँले अब आफ्नो मन्त्रिपरिषद्का केही सदस्यलाई गुमाउने र विभाजित संसद्सँग काम गर्नुपर्ने छ र त्यो निकै असहज हुनेछ ।

राष्ट्रपतिले हालै एलिजाबेट बोर्नलाई प्रधानमन्त्रीमा नियुक्त गरेसँगै उक्त चुनावी नतिजा आएको हो । प्रधानमन्त्री बोर्नले फ्रान्सेली टीभीमा बोल्दै अवस्था अभूतपूर्व भएको र आधुनिक फ्रान्सले यस्तो संसद् कहिल्यै नदेखेको बताइन्।

प्रकाशित: ६ असार २०७९, सोमबार ०४:३३

Leave a Reply