No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

कोलम्बियाको राष्ट्रपतिमा गुस्ताभो पेट्रो विजयी

0

गुस्ताभो पेट्रो कोलम्बियाको राष्ट्रपतिमा निर्वाचित भएका छन् । स्वतन्त्र उम्मेदवार रोडोल्फो हर्नान्डेजलाई दोस्रो चरणको निर्वाचनमा निकै नजिकको दौडमा पराजित भएका छन् । कोलम्बिया गठबन्धनका लागि वामपन्थी ऐतिहासिक सम्झौताका उम्मेदवार पेट्रोले ११,२८०,६९४ मत (जुन ५०.४४ प्रतिशत) प्राप्त गरेका छन् ।

यस्तै हर्नान्डेजले १०,५७९,८०३ मत जुन (४७.३१ प्रतिशत) प्राप्त गरेका छन् । नवनिर्वाचित राष्ट्रपतिले ट्वीटरमा भनेका छन्– यो ‘उत्सव’ को दिन हो। ‘पहिलो लोकप्रिय विजयको उत्सव मनाऔं,’ पेट्रोले लेखेका छन्। ‘यो विजय भगवानको लागि हो, जनता र यसको इतिहासको लागि हो। आज सडक र चौकको दिन हो।’ उनले भने ।

६२ वर्षीय पेट्रो राजधानी बोगोटाका सिनेटर र पूर्व मेयर हुन्। उनले अगस्ट ७ गते राष्ट्रपतिको पदभार ग्रहण गर्नेछन् । निर्वाचन अधिकारीहरूले यसअघि मतदानको दिनमा मतदान प्रक्रिया सामान्य रूपमा अघि बढेको बताएका थिए तर पछि एक सैनिक र एक चुनावी साक्षीको मृत्यु भएको खबर आएको थियो। रक्षामन्त्री डिएगो मोलानोले कोलम्बियाको क्रान्तिकारी सशस्त्र बलको आक्रमणमा एक सैनिकको मृत्यु भएको छ बताएका छन् ।

प्रकाशित: ६ असार २०७९, सोमबार ११:०१

Leave a Reply