No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

श्रीलंकामा रहेको विश्व बैंकको उपक्षेत्रीय कार्यालय काठमाडौंमा

0

काठमाडौँ । विश्व बैंकको उपक्षेत्रीय कार्यालय श्रीलंकाबाट नेपालमा सरेको छ । अर्थमन्त्री जनार्दन शर्मा र विश्व बैंक प्रबन्ध निर्देशक मारी अल्का मान्जेस्तुले काठमाडौं दरबारमार्गमा रहने नेपालस्थित कार्यालयको मंगलबार संयुक्तरुपमा उद्घाटन गरेका छन् ।

यो कार्यालयको उद्घाटनपश्चात् श्रीलंकामा अवस्थित उपक्षेत्रीय कार्यालय विधिवत् रुपमा नेपालमा सरेको हो । अब यहीं कार्यालयबाट नेपाल, माल्दिभ्स र श्रीलंकाको कार्य संचालन हुनेछ ।

नयाँ उपक्षेत्रीय कार्यालयको निर्माण अन्तर्राष्ट्रिय मापदण्डमा आधारित भई सम्पन्न गरेको विश्व बैंकले जनाएको छ । नयाँ उपक्षेत्रीय कार्यालयको उद्घाटन गर्दै अर्थमन्त्री शर्माले नेपालको विकास प्रयासमा विश्व बैंक लामो समयदेखि भरपर्दो साझेदारका रुपमा रहेको बताए ।

सन् १९६९ मा विश्व बैंकबाट नेपालले पहिलो पटक १७ लाख अमेरिकी डलर बराबरको सहयोग लिएकोमा हाल ३ अर्ब अमेरिकी डलर बराबर पुगेको छ । विश्व बैंकले नेपालका २५ आयोजनाहरुमा सहयोग गरेको छ । विश्व बैंक अन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगमले सन् २००७ देखि नै नेपालमा काम सुरु गरेको हो ।

प्रकाशित: ७ असार २०७९, मंगलवार १६:४२

Leave a Reply