No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

भूकम्पमा परी अफगानिस्तानमा कम्तिमा २५० जनाको मृत्यु

0

अफगानिस्तानमा एउटा शक्तिशाली भूकम्प जाँदा कम्तीमा २५० जनाको ज्यान गएको र कैयौँ घाइते भएको बताइएको छ । सामाजिक सञ्जालमा प्रेषित तस्बिरहरूमा स्ट्रेचर, भग्नावशेषहरू र भत्किएका घरहरूमा घाइतेहरू देखिएका छन् ।

एक स्थानीय अधिकारीले बीबीसीलाई २५० जनाभन्दा बढीको ज्यान गएको र त्यो सङ्ख्या अझै बढ्न सक्ने बताएका छन् । उनका अनुसार प्रारम्भिक जानकारीमा १५० जनाभन्दा बढी घाइते भएको विवरण आएको छ । भूकम्पको केन्द्रबिन्दु दक्षिणपूर्वी अफगानिस्तानको खोस्त सहरभन्दा झन्डै ४४ किलोमिटर टाढा रहेको बताइएको छ।

प्रकाशित: ८ असार २०७९, बुधबार ०६:०९

Leave a Reply