No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

एसपीपी अश्विकार गर्ने नेपालको निर्णय प्रशंसनीयः चीन

0

काठमाडौं । चीनले अमेरिकाको सैन्य गठबन्धन (एसपीपी)मा सहभागी नहुने नेपाल सरकारको निर्णयको प्रशंसा गरेको छ । बिहीबार बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनले नेपालको मन्त्रिपरिषद् बैठकले हालै गरेको निर्णयलाई चीनले नोटिसमा लिएको बताएका हुन् ।

उनले एसपीपीलाई लिएर नेपालमा चौतर्फी विरोध भएको र धेरै राजनीतिक दल र समूहसहित सेनाले समेत यसको विरोध गरेको बताए । उनले यो हिन्द प्रशान्त सैनिक रणनीतिको अंग भएको र यसले नेपालको राष्ट्रिय स्वार्थमा असर पर्ने देखेर नेपालले एसपीपीबाट बाहिरिने निर्णय गरेको र नेपालको सार्वभौमिकता, स्वतन्त्रता र भौगोलिक अखण्डताकोरक्षाका लागि सदैव साथमा रहने प्रवक्ता वेनले बताएका छन् । नेपालको असंलग्न परराष्ट्र नीतिलाई चीनले सँधै सम्मान गर्ने उनले बताएका छन्।

प्रकाशित: ९ असार २०७९, बिहीबार १४:२०

Leave a Reply