No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

नवनियुक्त भारतीय राजदूत श्रीवास्तव काठमाडौंमा

0

काठमाडौं । नेपालका लागि नव नियुक्त भारतीय राजदूत नवीन श्रीवास्तव शनिबार काठमाडौं आइपुगेका छन् । उनी काठमाडौं आउनुअघि नयाँ दिल्लीमा चीन, जापान, कोरिया र मङ्गोलिया मामिला हेर्ने पूर्वी एसिया डिभिजनको प्रमुखको रुपमा कार्यरत थिए । उनले पूर्वी लद्दाख सीमा विवादबारे चीनसँग विभिन्न चरणमा कूटनीतिक वार्ता गर्न भारतीय वार्ता टोलीको नेतृत्व पनि गरेका थिए ।

श्रीवास्तवले सन् २०१५ देखि २०१७ सम्म कम्बोडियाका लागि भारतीय राजदूतका रुपमा काम गरिसकेका छन् । उनी २०१७ देखि २०१९ सम्म चीनको संघईमा न्यू डेभलपमेन्ट बैंकको महानिर्देशकका रुपमा खटिएका थिए ।

मेरील्याण्ड विश्व बिद्यालयबाट मास्टर इन टेक्नोलोजी गरेका श्रीवास्तवले आईआईटी दिल्लीबाट इलेक्ट्रिकल इन्जिनियरिङमा बीटेक गरेका छन् । साथै उनले वासिङटन, बेइजिङ, संघाई र हङकङमा विभिन्न जिम्मेवार पदमा रही काम गरेका छन् ।

प्रकाशित: ११ असार २०७९, शनिबार १३:४१

Leave a Reply