No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

बेलारुसलाई पारमाणविक अस्त्र बोक्ने क्षेप्यास्त्र दिने पुटिनको घोषणा

0

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले बेलारुसलाई छोटो दूरीका पारमाणविक अस्त्र प्रणाली प्रदान गर्ने बताएका छन् । उनले इस्कान्डर–एम नामक उक्त प्रणालीले परम्परागत र पारमाणविक दुवै प्रकारका बलिस्टिक र क्रुज क्षेप्यास्त्रहरू प्रहार गर्न सक्ने बताए । त्यस्ता प्रणालीहरूको मार हान्ने क्षमता ५०० किलोमिटर टाढासम्म छ ।

गत फेब्रुअरीमा २५ मा राष्ट्रपति पुटिनले युक्रेनमा आक्रमण गर्ने निर्णय गरेपछि रुस र पश्चिमा देशहरूबीच तनाव बढेको छ । पुटिनले त्यतिबेलादेखि नै थुप्रै सन्दर्भमा पारमाणविक अस्त्रका बारेमा बोलेका थिए जसलाई केहीले पश्चिमी देशलाई हस्तक्षेप नगर्न दिइएको चेतावनीको रूपमा व्याख्या गरेका छन् ।

पुटिनले सेन्ट पिटर्सबर्गमा रुसले बेलारुसी लडाकु विमानहरूलाई पारमाणविक अस्त्र बोक्न सक्ने गरी परिमार्जन गर्न मद्दत गर्ने पनि बताए । शनिबार युक्रेनले हप्तौँको भीषण लडाइँपछि रुसी सेनाले सेभेरोडोनेट्स्कलाई पूर्ण रूपमा कब्जा गरेका बताएको छ । रुसले पूवी युक्रेनको सो सहर नियन्त्रणमा लिएपछि लगभग लुहान्स्क र डोनेट्स्क क्षेत्रका थुप्रै भूभाग नियन्त्रणमा राख्न सक्छ । डोनेट्स्क र लुहान्स्क क्षेत्रलाई डोन्बास भनिन्छ जुन एउटा ठूलो औद्योगिक क्षेत्र पनि हो ।

शनिवार साँझको भिडिओ सम्बोधनमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले कब्जा गरेका आफ्ना सबै सहरहरू फिर्ता लिने दाबी गरे । तर उनले रुससँगको युद्ध भावनात्मक रूपमा कठिन चरणमा प्रवेश गरेको र अझै कति प्रहार र नोक्सानी हुन्छ भन्ने यकिन नभएको बताए।

प्रकाशित: १२ असार २०७९, आईतवार ०४:४७

Leave a Reply