No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

चीनद्वारा २९ लडाकु विमान ताइवानको वायुरक्षा क्षेत्रमा परिचालन

0

चीनले ताइवानको वायु रक्षा क्षेत्रमा २९ वटा लडाकु विमान पठाएको छ । ती विमानहरू मध्ये १७ वटा लडाकु विमान, ६ बमवर्षक र अन्य सहयोगी विमानसहितका लडाकु विमानहरू दक्षिणपश्चिम क्षेत्रबाट मङ्गलबार टापुको वायुरक्षा पहिचान क्षेत्रमा प्रवेश गरेको द स्टार अखबारले रक्षामन्त्रालयलाई उदृत गर्दै जनाएको छ ।

यसअघि शुक्रबार अमेरिकी नौसेना पी–८ ए पोसेइडोन टोही विमान ताइवान स्ट्रेटमाथि उडेको थियो । ताइवान स्ट्रेटमा अमेरिकी निगरानी विमानको उडान ‘स्वतन्त्र र खुला इन्डो–प्यासिफिकको लागि अमेरिकाको प्रतिबद्धता’ को प्रदर्शनको रूपमा बुझ्ने गरिन्छ । ताइवानको विषयमा चीनले पछिल्लो समय सुरक्षा व्यवस्थालाई कडा पार्ने प्रयास गरिरहेको छ भने अमेरिकाले पनि यस विषयलाई अत्यन्तै महत्त्वपूर्ण रणनीतिक चासोकाका साथ अध्ययन गरिरहेको छ ।

प्रकाशित: १२ असार २०७९, आईतवार १६:५३

Leave a Reply