No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

१६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार तयार गर्नेगरी तयारीमा लाग्न माधव नेपालको निर्देशन

0

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभाका १६५ वटै निर्वाचन क्षेत्रमा सम्भावित उम्मेदवार खडा गर्न तयारी गर्नुपर्ने बताएका छन् ।

सोमबार काठमाडौंमा पार्टी केन्द्रीय परिषद्को बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रतिनिधिसभाका १ सय ६५ वटै निर्वाचन क्षेत्रमा सम्भावित उम्मेदवार खडा गरेर काम थाल्न कार्यकर्तालाई निर्देशन दिएका हुन् ।

उनले ३३० प्रदेश सभा सदस्यका लागि पनि अहिलेदेखि नै जिम्मेवारी दिनुपर्ने बताए । उनले अरुको भर नपरी सम्पूर्ण शक्ति परिचालन गरेर निर्वाचनको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिए । समानुपातिक मत संख्या बढाउन सके सिट संख्या पनि बढ्ने उल्लेख गर्दै अध्यक्ष नेपालले स्थानीय तह निर्वाचनमा सबै पालिकामा उम्मेदवारी दिएको भए आफूहरुले २० लाख मत ल्याउने दावी गरे ।

विचार नभएको पार्टीले केही गर्न नसक्ने भन्दै उनले विचार शून्य भएको कार्यकर्ताले पनि केही गर्न नसक्ने बताए । अध्यक्ष नेपालले नेपाल विभिन्न शक्ति राष्ट्रबीचको द्वन्द्वको अखडामा पर्ने खतरा देखिएको बताए ।

उनले भने,‘शक्ति राष्ट्रहरुले अनेक ढंगले षडयन्त्रपूर्वक दाउपेच गरिरहेका छन्। हामी नेपालीहरु हाम्रो राष्ट्र कतै शक्ति राष्ट्रको द्वन्द्वको अखडामा नेपाल पर्ने त होइन भन्ने चिन्ता थपिएको छ । यसबाट हामी सजग हुनुपर्दछ।’ असंलग्न परराष्ट्र नीति अवलम्बन हुनुपर्ने भन्दै अध्यक्ष नेपालले हरेक देशसँग नेपालले मित्रता भाव राखेर अघि बढ्नुपर्ने बताए ।

प्रकाशित: १३ असार २०७९, सोमबार ०८:३३

Leave a Reply