No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

आगामी निर्वाचनका लागि विद्युतीय मतदान यन्त्र उपलब्ध गराउन सरकारलाई आयोगको पत्र

0

काठमाडौँ । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेश निर्वाचनका लागि विद्युतीय मतदान यन्त्र (ईभीएम) उपब्लध गराउन सरकारलाई आग्रह गरेको छ ।

बिहीबार आयोगले विज्ञप्ति जारी गरी नेपालमै बनेको ईभीएम तत्काल उपलब्ध नभए अन्य मुलुकबाट आयात गरेर भए पनि २०७९ साउन मसान्तसम्ममा प्रबन्ध गरिदिन सरकारसँग अनुरोध गरेको हो । निर्वाचन प्रक्रियालाई छरितो, सुरक्षित तथा स्वच्छ बनाउन सरकारसँग ईभीएम माग गरिएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।

उनले विद्युतीय मेशीनको प्रयोग तथा व्यवस्थापन सम्बन्धमा अध्ययन गर्न आयोगले गठन गरेको समितिबाट प्राप्त प्रतिवेदन आवश्यक निर्णयार्थ तथा कार्यार्थ गृह मन्त्रालयमार्फत सरकारलाई पठाइएको जानकारी दिए ।

प्रकाशित: १६ असार २०७९, बिहीबार १०:२८

Leave a Reply