No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

0

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल र हवाइ इन्धनको मूल्य बढाएको छ । सोमबार मध्यरातिदेखि लागू हुने गरी निगमले पेट्रोल लिटरमा २ रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा ९ रूपैयाँ र हवाइ इन्धन आन्तरिकमा पाँच रूपैयाँ मूल्य बढाएको हो । नयाँ मूल्यसँगै अब काठमाडौं उपत्यकामा पेट्रोल १८१ रूपैयाँ, डिजेल र मट्टीतेल १७२ रूपैयाँ लिटर पर्नेछ ।

हवाइ इन्धन आन्तरिकको मूल्य १९० रूपैयाँ लिटर पर्नेछ । यसअघि असार ११ गते मात्र निगमले पेट्रोलमा २० रूपैयाँ, डिजेल र मट्टीतेलमा २९ रूपैयाँ घटाएको थियो । निगमका अनुसार भारतीय आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यका आधारमा भाउ बढाउनु परेको हो।

प्रकाशित: २० असार २०७९, सोमबार १५:४०

Leave a Reply