No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

शिकागो आक्रमणमा संलग्न एक बन्दुकधारी पक्राउ

0

अमेरिकाको शिकागो सहर नजिकै स्वतन्त्रता दिवसको अवसरमा आयोजित परेडमा ६ जनाको मृत्यु हुने गरी बन्दुक आक्रमण गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय समय अनुसार दश बजे अचानक विस्फोटक आवाज सुनिए पछि इलिनोइसस्थित हाइल्यान्ड पार्क सहरमा आयोजित कार्यक्रम रद्द भएको थियो ।

अधिकारीहरूका अनुसार २४ जनालाई अस्पताल लगिएको छ । घटनामा संलग्नताको सन्दिग्ध २२ वर्षीय रोबर्ट ई क्रिमो तृतीय हुन्। हतियारधारी ती व्यक्तिलाई प्रहरीले खतरनाकको संज्ञा दिएको छ । सन्दिग्धले उच्च क्षमता भएको राइफलले परेडमा सहभागीहरूलाई लक्षित प्रहार गरेको प्रहरीले जनाएको छ।

सन्दिग्ध बन्दुकधारीले परेड सुरु भएको केही मिनेट पछि, गोली चलाएका थिए । सहरको स्वतन्त्रता दिवस समारोहमा साङ्गीतिक र्यालीदेखि अन्य सामुदायिक मनोरञ्जनात्मक कार्यक्रमहरू तय भएका थिए । सन् १७७६ मा ग्रेट ब्रिटेनबाट स्वतन्त्र भएको उपलक्ष्यमा अमेरिकी उपनिवेशहरूले हरेक वर्ष ४ जुलाईको दिन राष्ट्रिय बिदा मनाउँछन्।

प्रकाशित: २१ असार २०७९, मंगलवार ०३:२१

Leave a Reply