No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

गठबन्धनको सरकारमा कुर्सीको समस्यालाई सामान्य रुपमा लिनुपर्छः प्रधानमन्त्री

0

काठमाडौं ।  प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनको सरकार बनेपछि कुर्सीको समस्यालाई सामान्यरुपमा लिनुपर्ने बताएका छन् । नेपाल ट्रेड युनियन काँग्रेसले मंगलबार काठमाडौंम आयोजना गरेको स्व.नेता गिरिजाप्रसाद कोइरालाको शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गदै प्रधानमन्त्री देउवाले गठबन्धनमा भएका राजनीतिक समस्यालाई सामान्यरुपमा लिनुपर्ने बताएका हुन् ।

उनले एउटै पार्टीमा पनि समस्या हुने गरेको भन्दै गठबन्धनमा आएका कुर्सीका समस्याहरुलाई सामान्य रुपमा लिन आवश्यक रहेको बताए । उनले भने, ‘धनराजजीहरुले पनि भन्नुभयो गठबन्धनमा समस्या आयो । एउटै पार्टीमा त समस्या हुन्छ भने कुर्सीमा त समस्या हुन्छ नै यसलाई समान्य रुपमा लिनुपर्छ । तपाईंहरु प्रधानमन्त्री भएपछि थाहा पाउनुहुन्छ ।’

प्रधानमन्त्री देउवाले सधैँ जनताको लागि लडिरहने नेता गिरिजाप्रसाद कोइरालाको सालिक अनावरण गर्न पाउँदा खुसी लागेको बताए ।

प्रकाशित: २१ असार २०७९, मंगलवार ०७:०८

Leave a Reply