No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

अर्थमन्त्री शर्माको राजीनामा माग गर्दै युवा संघको प्रदर्शन

0

काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन युवा संघले अर्थमन्त्री जनार्दश शर्माको राजीनामा माग गर्दै प्रदर्शन गरेको छ । मंगलबार काठमाडौंको नयाँ बानेश्वरमा युवा संघका कार्यकर्ताहरुले पम्प्लेटसहित अर्थमन्त्रीविरुद्ध नाराबाजी गरेका हुन् । उनीहरुले ‘अर्थमन्त्री ज्यू, सीसीटीभी फुटेज गायब गर्ने को हो ?, ‘सेतो जुंगा, कालो मन, सीसीटीभी फुटाउने मै हो भन’ लेखिएको व्यानर बोकेर नारा लगाएका थिए ।

बजेट निर्माण गर्दा करको दर हेरफेर गर्न अनधिकृत व्यक्तिको प्रयोग गरिएको भन्दै अर्थमन्त्री शर्माको संसददेखि सडकसम्म विरोध चर्किएको छ । केही दिन अघि मन्त्रालयले सिसिटिभी फुटेज समेत मेटिएको भन्ने सूचना दिएपछि अर्थमन्त्रीमाथि थप प्रश्न उठेको छ ।

संसददेखि सडकसम्म अर्थमन्त्रीको विरोध भएपनि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले त्यस विषयमा प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्ने तयारी गरेका छन् । संसदमा पनि नेकपा एमालेले लगातार अर्थमन्त्रीले नैतिकताको आधारमा राजीनामा गर्नुपर्ने बताउँदै आएको छ।

प्रकाशित: २१ असार २०७९, मंगलवार ११:३३

Leave a Reply