No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

अर्थमन्त्रीबारे छानबिन गर्ने विषयमा एमालेसँग छलफल गर्ने माओवादीको निर्णय

0

काठमाडौं । नेकपा माओवादी केन्द्रले नेकपा एमालेसँग छलफल गर्ने भएको छ । अर्थमन्त्रीबारे छानबिन समिति बनाउनुपर्ने माग राख्दै आएको प्रमुख प्रतिपक्षी एमालेसँग माओवादीले छलफल गर्ने भएको हो । अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा बुधबार बिहान बसेको पूर्व स्थायी कमिटी सदस्यको बैठकले यस्तो निर्णय गरेको हो ।

पूर्व स्थायी समिति सदस्य हरिबोल गजुरेलले अर्थमन्त्रीका बारेमा प्रमुख उठिरहेको छानबिन समितिका बारेमा नेकपा एमालेसँग छलफल गर्ने निष्कर्ष निकालिएको जानकारी दिए । संसदमा बजेट प्रस्तुत गर्नुभन्दा अघिल्लो दिन अनधिकृत व्यक्तिलाई संलग्न गराई करका दर हेरफेर गरिएको भन्दै नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग्दै आएको छ ।

त्यसदिनको सीसीटीभी फुटेज पनि मेटाइएको भन्दै अर्थमन्त्रीको आलोचना हुँदै आएको छ । नेकपा एमालेले संसद्मा अर्थमन्त्री जनार्दन शर्मालाई बहिष्कार गर्दै आएको छ।

प्रकाशित: २२ असार २०७९, बुधबार ०६:२२

Leave a Reply