No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

माओवादी बैठक फेरि स्थगित

0

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक बिहीबारसम्मका लागि स्थगन भएको छ । पार्टी अध्यक्षसहित शीर्षनेता संसद् बैठकमा सहभागी हुनुपर्ने भएपछि आजका लागि तोकिएको बैठक बिहीबारसम्मका लागि स्थगन भएको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

बैठक आज १ बजे बस्ने तय भएको थियो । अर्को बैठक बिहीबार बिहान ११ बजे कमलादीस्थित प्रज्ञा–प्रतिष्ठानमा सुरु हुनेछ । शीर्षनेताको कार्यव्यस्तताका कारण केन्द्रीय समिति बैठक मङ्गलबार पनि स्थगन भएको थियो ।

माओवादीको बैठक आइतबारदेखि सुरु भएको हो । बैठकमा अध्यक्ष दाहालले राजनीतिक प्रतिवेदन पेस गरेका थिए । बैठक स्थगन भएसँगै अध्यक्ष दाहालको प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम रोकिएको छ ।

प्रकाशित: २२ असार २०७९, बुधबार ०८:५०

Leave a Reply