No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

न्युजिल्यान्ड पठाइदिने भन्दै ६३ लाख रुपैयाँ ठगी गर्ने युवती पक्राउ

0

काठमाडौं । विदेश पठाइदिने भन्दै ठगी गर्ने एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले नुवाकोट घर भएकी २७ वर्षीया दिया भन्ने शोभा पौडेललाई नियन्त्रणमा लिएको हो। उनले ९ जनालाई न्युजिल्यान्ड पठाइदिने भन्दै रकम ठगी गरेको उजुरी परेपछि पक्राउ गरेको महाशाखाका एसपी दिनेश आचार्यले जानकारी दिए ।

न्युजिल्यान्डमा मासिक १ लाख ७० हजार रुपैयाँ तलब हुन्छ भन्दै ९ जनाबाट ६३ लाख २० हजार रुपैयाँ उठाएको प्रहरीको अनुसन्धानमा खुलेको छ। वैदेशिक रोजगार विभागले पौडेललाई पक्राउ गर्न प्रहरीलाई पत्राचार गरिएको थियो । अभियुक्त पौडेललाई प्रहरीले थप अनुसन्धानको लागि विभागमा बुझाएको छ।

प्रकाशित: २२ असार २०७९, बुधबार ०९:३१

Leave a Reply