No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

भारतमा होटल र रेस्टुरेष्टले अब सेवा शुल्क लिन नपाउने

0

भारतको केन्द्रीय उपभोक्ता संरक्षण प्राधिकरण सीसीपीएले यो सातादेखि होटल र रेस्टुरेन्टमा सेवा शुल्क जोड्न नपाइने नियम लागु गरेको छ । त्यस्तो शुल्क तिर्न बाध्य पारिएको उपभोक्ताहरूबाट आउने गुनासो बढेपछि उक्त निर्देशन जारी गरिएको सरकारी निकायहरूले जनाएका छन् ।

भारतमा रेस्टुराँहरूले प्रायः पाँच देखि १० प्रतिशतसम्म सेवा शुल्क जोड्ने गरेका छन् । तर नयाँ नियमानुसार उनीहरूले अब बिलमा पूर्वनिर्धारित रूपमा वा स्वचालित रूपमा सेवा शुल्क थप्न पाउने छैनन् ।

नयाँ निर्देशनअनुसार रेस्टुरेन्टहरूले अब अन्य कुनै पनि शीर्षकअन्तर्गत टिप लिन वा ्त्यस्तो रकम तिर्न अस्वीकार गर्ने व्यक्तिलाई प्रवेश नदिन नपाइने नियम लागु गरिएको छ । रेस्टुरेन्टहरूले असुल्ने टिपको विषयलाई लिएर भारतमा पछिल्ला केही वर्षदेखि विवाद उत्पन्न भएको छ।

प्रकाशित: २२ असार २०७९, बुधबार ०९:५२

Leave a Reply