No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

पुटिन इरान भ्रमणमा

0

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन मङ्गलबार इरान पुगेका छन्। यो फेब्रुअरीमा रुसले युक्रेनमाथि हमला सुरु गरेयताको उनको दोस्रो विदेश यात्रा हो । पुटिनले इरानी सर्वोच्च नेता आयातोल्लाह अली खामेनेई र टर्कीका राष्ट्रपति रेजेप तैयप एर्दोआनसँग भेट्नेछन् । तेहरानमा अन्न निर्यात, सिरिया र युक्रेनबारे छलफल हुने एकजना टर्कीस अधिकारीले बताएका छन् ।

युक्रेनमा युद्ध सुरु गरेयता रुसी नेताले आफ्ना अन्तर्राष्ट्रिय भ्रमणहरू सीमित पारेका छन् । पुटिनले युद्ध सुरु भएपछिको आफ्नो पहिलो अन्तर्राष्ट्रिय भ्रमण जुन महिनामा ताजिकिस्तान र तुर्कमेनिस्तानमा गरेका थिए ।

ती दुवै पूर्व सोभियत सङ्घबाट छुट्टिएका र रुसका साझेदार देशहरू हुन्। त्यहाँ तानाशाही नेताहरू सत्तामा छन् । मङ्गलबारको भ्रमणले पुटिनलाई इरानसँग सम्बन्ध बलियो बनाउने अवसर दिनेछ । पश्चिमा आर्थिक प्रतिबन्धहरूको निसानामा परेको इरान मस्कोको बाँकी रहेका केही अन्तर्राष्ट्रिय साझेदारमध्ये पर्छ।

प्रकाशित: ३ श्रावण २०७९, मंगलवार १७:०८

Leave a Reply