No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

एसिया र प्रशान्त क्षेत्रमा वृद्धवृद्धाको सङ्ख्या दोब्बर बढ्ने एडिबीको अनुमान

0

एसियाली विकास बैंक (एडिबी)ले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनले विकासोन्मुख एसिया र प्रशान्त क्षेत्रमा ६० वर्ष वा सोभन्दा माथिका मानिसको संख्या सन् २०५० सम्ममा झण्डै दोब्बर पुग्ने अनुमान गरेको छ । आगामाी दिनमा वृद्धवृद्धाहरूको स्वास्थ्य सेवा र हितलाई सघाउन व्यापक नीतिगत सुधारमा तुरुन्तै लाग्न पनि प्रतिवेदनले सुझाएको छ ।

‘एशिया र प्रशान्तको तीव्र विकास एक सफलताको कथा हो, तर यसले ठूलो जनसाङ्ख्यिकीय परिवर्तनलाई पनि उत्प्रेरित गरिरहेको छ, र दबाब बढिरहेको छ ।’

एडीबीका प्रमुख अर्थशास्त्री अल्बर्ट पार्कले भने । प्रतिवेदनले यस क्षेत्रका धेरै वृद्धवृद्धाहरूसँग बाँच्नका लागि सेवा निवृत्तिको उमेर नाघेपछि पनि काम गर्नुको विकल्प नभएको उल्लेख गरेको छ ।

प्रकाशित: २० बैशाख २०८१, बिहीबार १४:५२

Leave a Reply