No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

म्यान्मारमा मानवता विरोधी अपराधका घटना बढेका राष्ट्रसङ्घको भनाई

0

 

संयुक्त राष्ट्रसङ्घका अनुसन्धानकर्ताहरूले म्यान्मारमा मानवता विरोधी अपराधका घटनाको बढ्दो प्रमाणहरू जम्मा गरेको बताएका छन् ।
गत वर्ष फेब्रुअरीमा सेनाले कू गरेर सत्ता हातमा लिएयता त्यस्ता घटनाहरू बढेको उनीहरूले बताएका हुन् । नयाँ प्रतिवेदनमा संयुक्त राष्ट्रसङ्घले महिला र बालिका केन्द्रित हत्या, यातना र यौन हिंसासहितका अपराधहरू धेरै भएको जनाएको हो ।

राष्ट्रसङ्घले सर्वसाधारणविरुद्ध भएका दुव्र्यवहारहरू योजनाबद्ध हमलाहरू भएको जनाएको छ । राष्ट्रसङ्घको म्यान्मारस्थित स्वतन्त्र अनुसन्धान संयन्त्रका अनुसन्धानकर्ताहरूले उनीहरूसँग भएका प्रमाणले अन्तर्राष्ट्रिय रूपमै अपराधबारे मुद्दा अभियोजन गर्न सकिने र यसबारे दोषीले थाहा पाउनुपर्ने बताएका छन् ।

स्थानीय अनुगमन गर्ने समूहले दुई हजारभन्दा बढी मानिसहरू मारिएका र पन्ध्र हजारभन्दा बढीलाई पक्राउ गरिएको जनाएको छ । यसअघि ६ जना भगौडा सैनिकहरूले बीबीसीलाई विरलै अन्तर्वार्ता दिएका थिए जसमा उनीहरूले सर्वसाधारणलाई मारेको, बलात्कार गरेको र गाउँहरू जलाएको बताएका छन् ।

उनीहरूले सेनाको आदेशमा सैनिकले अक्षम्य मानव अधिकार हनन गरेको स्वीकार गरेका हुन् । गत वर्ष कू गरेर सेनाले म्यानमारको प्रजातान्त्रिक तरिकाले निर्वाचित आङ साङ सूची नेतृत्वको सरकारबाट सत्ता खोसेको थियो । त्यसयता सैन्य सरकारले आफू विरुद्ध लडिरहेको सशस्त्र नागरिक समूहहरूलाई सखाप पार्न खोजिरहेको छ।

 

प्रकाशित: २५ श्रावण २०७९, बुधबार ०३:२३

Leave a Reply