No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

सरकारद्वारा मिटरब्याजी अपराध नियन्त्रणका लागि ६ सदस्यीय कार्यदल गठन

0

काठमाडौँ । सरकारले मिटरब्याजी अपराध नियन्त्रणका लागि कार्यदल गठन गरेको छ । सरकारले गृह मन्त्रालयका सहसचिव डा. भिष्म भुसालको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेको हो ।

कार्यदलमा नेपाल प्रहरीका केन्द्रीय अनसुन्धान व्युरोमा कार्यरत वरिष्ठ उपरीक्षक दिनेश आचार्य, गृह मन्त्रालयका कानुन उपसचिव श्रीकृष्ण पौडेल, नेपाल प्रहरीको अपराध अनुसन्धान शाखामा कार्यरत उपरीक्षक कृष्णप्रसाद कोइराला, राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक मुकुन्द मरहठ्ठा छन् ।

कार्यदलको सदस्य सचिव नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोमा कार्यरत नायब उपरीक्षक रोशन खड्कालाई तोकिएको छ। कार्यदललाई एक महिनाभित्र प्रतिवेदन बुझाउने कार्यादेश दिइएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार बिहानै गृहमन्त्री बालकृष्ण खाँण, नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल र गृह मन्त्रालयका सहसचिवलाई बोलाएर मिटरब्याजी सम्बन्धी समस्या समाधानका लागि उपायहरू पहिचान गर्न निर्देशन दिएका थिए। प्रधानमन्त्रीको निर्देशनलगत्तै गृहमन्त्रीले कार्यदल गठन गरेका हुन् ।

प्रकाशित: २७ श्रावण २०७९, शुक्रबार ०८:०१

Leave a Reply