No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

‘मैले केही पाइनँ भनेर त होइननी, नपाउनुपर्नेले पायो, पाउनुपर्ने जनताले पाएन’

0

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले कहिल्यै पनि नातावाद र क्रिपावादमा उम्मेदवार नछान्ने बताएका छन् । आइतबार युवासँग पूर्वप्रधानमन्त्री कार्यक्रममा अध्यक्ष ओलीले एमालेमा नातावाद र क्रिपावाद नचल्ने बताएका हुन् ।

माओवादी अध्क्ष प्रचण्डलाई लक्षित गर्दै अध्यक्ष ओलीले छोरी, बुहारी, ज्वाइँ र अन्य कुनैलाई पनि पार्टीका शीर्ष तहमा ल्याउने पार्टी एमाले नभएको उल्लेख गरे । उनले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा महिलालाई ३३ प्रतिशत पुर्याउने कार्यमा आफू प्रतिवद्धत रहेको बताए ।

उनले जित्न सक्ने स्थानमा प्रत्यक्षतर्फ उम्मेदवारी दिने र नजित्ने अवस्था भएमा समानुपातिकबाट भएपनि ३३ प्रतिशत महिलाको सहभागिता गराउने बताए ।

उनले वर्तमान गठबन्धनको सरकारले लिपुलेक, लिम्पियाधुरा र कालोपानी हाम्रो जमिन भएको समेत भन्न नसकेको बताए। उनले भने,‘मैले त लिपुलेक, लिम्पियाधुरा र कालोपानी हाम्रो जमिन हो, फिर्ता पाउँ, हुनुपर्छ, संवाद गरौं भनेर पत्राचार गरेको थिएँ तर यो सरकारले केही भन्न सकेन।’ ओलीले देशमाथि उठाउनका लागि आफू तल परेपनि केही नभएको स्पष्ट पारे।

उनले यो सरकार आएदेखि देशको एक वर्ष खेर गएको बताए । उनले भने, ‘म प्रधानमन्त्री हुँदा पैसा छैन भनेको कहिले सुन्नुभयो तपाईहरुले ? यता नि पैसा छ, उता नि पैसा छ, हुलाकी राजमार्ग बन्छ पैसा छ, धरहरा बन्छ पैसा छ, रानीपोखरी बन्छ पैसा छ, दरबार हाईस्कुल बन्छ पैसा छ। आर्मीको हेडक्वाटर बन्छ पैसा छ। ३९६ वटा अस्पताल एकै ठाउँबाट मैले शिलान्यास गरेँ । तर अहिले विकास गर्न पैसा छैन, बाटो, पुल बनाउन पैसा छैन। बनाइसकेको ठेकेदारलाई भुक्तानी दिने पैसा जान्छ कहाँ ? कता हरायो पैसा ?’

उनले सेटिङमा बजेट बनेको भन्दै आपत्ति जनाए । उनले भने, ‘सेटिङमा जब बजेट बन्छ, व्यापारीका प्रतिनिधि आएर करका दररेट तोक्छन् मन पोल्छ। मैले केही पाइनँ भनेर त होइननी, नपाउनुपर्नेले पायो, पाउनुपर्ने जनताले पाएन। जनता लुटियो।’

प्रकाशित: २९ श्रावण २०७९, आईतवार ०५:५०

Leave a Reply